कसैले तपाईको कुरा काटेर बस्छन, नभएका आरोप लगाउछन तर तपाई समाज यस्तै हो भन्दै सहेर बस्नुहुन्छ ।
तपाईको परीवारका सदस्यको मानमा ह्रास ल्याउन नानाथरी आरोप लगाईन्छ । तपाईको जातलाई लिएर हासोको बिषय बनाईन्छ ,तपाईको पेशा धर्मको बारेमा संस्कारको बारेमा कुरा काटेर बेईज्जत गरीन्छ तर यस बारेमा के कसरी गर्ने थाहा नै छैन तर मन भरी हीनता वा रीस पालेर बस्नु भएको छ ।
तपाई महीला भएकै कारण जिस्काउने तपाईको गोप्य कुरा भनि दीन्छु भन्दै धम्की दिने कसैले गरीरहेको छ तर तपाई सहनु भएको छ । यस्तो गरेमा के हुन्छ का जाने कसरी तपाईलाई न्याय हुन्छ यही बिषयमा कानुन मा के छ तपाईलाई कानुनले कसरी सहयोग गर्न सक्छ यो सबैले बुझ्न जरुरी छ ।
यस्तै समस्याको केही हद सम्म समाधान तथा सहयागको लागि गालि बेईज्जती ऐन के हो र यसमा के के छ त ?
गाली र बेइज्जती ऐन, २०१६
यो ऐन किन ल्याईएको हो ?
-गाली र बेइज्जतीको कसूरको निमित्त सजायको व्यवस्था गर्न ।
-सर्वसाधारणको इज्जत र मान मर्यादा कायम राख्न पाउने अधिकारको रक्षाको लागि ।
-गालि बेईज्ज्ती के हो परीभासीत गर्न ।
बेइज्जतीको परीभाषाः
कसैले अरू कुनै व्यक्तिको इज्जतमा धक्का पुर्याउने नियतले वा धक्का पुग्ला भन्ने जानी जानी, वा विश्वास गर्ने कारण भई लेखेर वा वचनले वा संकेतले वा बुझिने गरी आकार चिन्हद्वारा सो व्यक्तिलाई कुनै दोष लगाएमा वा त्यस्तो कुरा प्रकाशित गरेमा निजले सो व्यक्तिको बेइज्जती गरेको मानिनेछ ।
स्पष्टीकरणः
मरिसकेको कुनै व्यक्तिलाई कुनै दोष लगाइएकोमा सो गरेको समय निज जीवित रहेको भए निजको इज्जतमा धक्का पुग्ने रहेछ र निजको परिवार वा नजिकको अन्य नातेदारहरूको भावनामा चोट
र्पुयाउने मनसायले गरिएको रहेछ भने बेइज्जती गरेको ठहर्न सक्नेछ ।
के के गर्दा ‘गाली र बेइज्जती ऐन, २०१६’ को खिलाप हुन्छ ?
-व्यंग गरी वा अरू कुनै घुमाउरो तवरले लगाइएको दोष बेइज्जती ठहर्न सक्नेछ ।
-जानाजान कसैको चरित्र हत्या गर्न वा अनुचित लाञ्छना लगाउने नियतले दोष लगाएमा वा प्रचार प्रसार गरेमा बेइज्जती गरेको ठहर्न सक्नेछ ।
– कसैले अरू कुनै व्यक्तिलाई सोझै वा घुमाउरो तवरले अरूको दृष्टिमा निजको नैतिक वा बौद्धिक चरित्र वा जात वा पेशा सम्बन्धी चरित्र वा ख्यातिलाई होच्याउने गरी, वा निजको शरीर घृणित अवस्थामा वा सामान्यतः अपमानित सम्झिइने अवस्थामा छ भन्ने विश्वास पर्ने गरी दोष नलगाएसम्म निजको इज्जतमा धक्का पुयाएको मानिने छैन ।
बेइज्जती गरेको नठहरिने अवस्थाः
– सर्वसाधारणको हितको लागि आवश्यक भएमा कुनै व्यक्तिलाई साँचो कुराको दोष लगाउनु वा त्यसको प्रकाशन गर्नु, कसैलाई लगाइएको दोष सर्वसाधारणको हितको लागि लगाइएको हो वा होइन भन्ने कुरा तथ्यमा निर्भर गर्नेछ ।
– कुनै राष्ट्रसेवकले आफ्नो ओहदाको काम कर्तव्य गर्दाको निजको आचरणलाई लिएर वा सो आचरणबाट बुझिनेसम्मको मात्र निजको चरित्रलाई लिएर असल नियतले कुनै विचार प्रकट गर्नु,
– कुनै व्यक्तिको सार्वजनिक प्रश्नसंग सम्बन्ध पर्ने आचरण र सो आचरणबाट बुझिनेसम्मको मात्र निजको चरित्रलाई लिएर असल नियतले कुनै विचार प्रकट गर्नु,
– कुनै अदालती कारवाईमा यसको नतिजाको वास्तविक रूपमा साँचो प्रतिवेदन प्रकाशित गर्नु,
– कुनै अदालतले छिनेको देवानी वा फौज्दारी मुद्दाको गुण वा दोषलाई लिएर वा त्यस्तो कुनै मुद्दाको वादी, प्रतिवादी, साक्षी वा वारिस भएको कुनै व्यक्तिको आचरणलाई लिएर वा सो आचरणबाट बुझिनेसम्मको मात्र निजको चरित्रलाई लिएर असल नियतले कुनै विचार प्रकट गर्नु,
– कुनै कुरा गर्ने व्यक्तिले सर्वसाधारणको रायको लागि सो कुरा पेश गरेकोमा सो कुराको गुण वा दोषलाई लिएर वा त्यसबाट बुझिने सम्मको मात्र सो कुरा गर्ने व्यक्तिको चरित्रलाई लिएर असल नियतले कुनै विचार प्रकट गर्नु,
– कुनै व्यक्तिको अर्को कुनै व्यक्ति उपर कानूनद्वारा वा निजसंगको कानूनी कबुलियतद्वारा कुनै अधिकार भएकोमा निजले सो अधिकार सम्बन्धी काम कुरामा सो अर्को व्यक्तिको आचरणमा असल नियतले कुनै खोट लगाउनु,
– कसै उपर लाग्ने अभियोग सो विषयमा निज उपर कानूनी अधिकार भएका व्यक्ति छेउ असल नियतले लगाउनु,
– आफ्नो वा अरूको हितको रक्षाको लागि वा सर्वसाधारणको हितको लागि असल नियतले कसैको चरित्रलाई दोष लगाउनु, र
– कसैलाई निजको हितको लागि वा निजको स्वार्थ भएको व्यक्तिको हितको लागि वा सर्वसाधारणको हितको लागि अरू कुनै व्यक्तिको विरुद्ध सतर्क गर्नु ।
बेइज्जती गरेमा वा बेइज्जती हुने कुरा छापे खोदेमा दण्ड सजायः कसैले देहायको कुनै कसूर गरेमा निजलाई पाँचहजार रुपैयाँसम्म जरिवाना हुनेछ र दुई वर्षसम्म कैदको सजाय पनि हुन सक्नेछ :
-अरू कसैको बेइज्जती गरेमा,
– कुनै कुरा छापे वा खोदेमा अरू कसैको बेइज्जती हुन जान्छ भन्ने जानी जानी विश्वास गर्ने मनासिब कारण भई सो कुरा छापेमा वा खोदेमा ।
बेइज्जती हुने कुरा बेइज्जती हुने कुरा छापिएको वा खोदिएको कुनै कुराको, बिक्री गरेमा दण्ड सजायः
कसैले कुनै कुरामा बेइज्जती हुने कुरा छापिएको वा खोदिएको छ भन्ने जानी जानी सो कुरा बिक्री गरेमा वा बिक्रीको निमित्त राखेमा निजलाई एकसय रुपैयाँसम्म जरिवाना हुनेछ र छ महिनासम्म कैदको सजाय पनि हुन सक्नेछ ।
शान्ति भंग गराउने नियतले जानी जानी गाली गरेमा दण्ड सजाय शान्ति भंग गराउने नियतले जानी जानी गाली गरेमा दण्ड सजायः गाली गरी कसैलाई उत्तेजित पारेबाट निजले सार्वजनिक शान्ति भंग वा अरू कुनै अपराध गर्नेछ भन्ने नियतले वा त्यस्तो हुने सम्भावना छ भन्ने जानी जानी कसैले कसैलाई गाली गरी उत्तेजित पारेमा एकसय रुपैयाँदेखि पाँचसय रुपैयाँसम्म जरिवाना हुनेछ र छ महिनासम्म कैदको सजाय पनि हुन सक्नेछ ।
आईमाईलाई अपमानित गर्ने नियतले कुनै काम कुरा गरेमाः कसैले कुनै आईमाईको अपमान गर्ने नियतले, निजले देख्ने सुन्ने गरी, कुनै कुरा भनेमा वा कुनै किसिमको शब्द वा हावभाव व्यक्त गरेमा वा कुनै वस्तु देखाएमा वा निजको गोपनियतामा दखल दिएमा एकसय रुपैयाँदेखि पाँचसय रुपैयाँसम्म जरिवाना हुनेछ र ६ महिनासम्म कैदको सजाय पनि हुन सक्नेछ ।
मामूली गाली बेइज्जती वा अपमान हुने कामः साधारण समझ र मिजासका व्यक्तिले उजूर नगर्ने मामूली किसिमको गाली बेइज्जती वा अपमान कुनै कामबाट भएकोमा वा सो गर्नें नियतले वा सो हुने सम्भावना छ भन्ने जानी जानी गरेकोमा यो ऐन अन्तर्गतको कसूर ठहर्दैन ।
खति पु¥याउने नियतले झुठ्ठा अभियोग लगाएमा दण्ड सजायः कसैले कसैको विरुद्ध यो ऐन अन्तर्गत गाली वा बेइज्जतीको मुद्दा दायर गर्न न्यायोचित वा कानूनी आधार छैन भन्ने जानी जानी निजलाई खति पु¥याउने नियतले निजको विरुद्ध त्यस्तो मुद्दा दायर गरेमा वा गराउन लगाएमा सो व्यक्तिलाई बेइज्जती सम्बन्धी मुद्दामा भए पाँचसयदेखि पाँचहजार रुपैयाँसम्म जरिवाना हुनेछ र गाली सम्बन्धी मुद्दामा भए एकसयदेखि एक हजार रुपैयाँसम्म जरिवाना हुनेछ । त्यसरी मुद्दा दायर गर्ने वा गराउने व्यक्तिबाट मुद्दा हेर्ने अधिकारले विपक्षीलाई सो मुद्दामा लागेको खर्च समेत भराउनेछ ।
हदम्यादः यो ऐन अन्तर्गत कसैलाई मुद्दा चलाउनु पर्ने कारण भएमा त्यस्तो कारण परेको मितिले छ महिनाभित्र नालिस दिनु पर्नेछ ।
क्षतिपूर्तिः कसैले कसैलाई गाली वा बेइज्जती गरिएको ठहरिएमा गाली वा बेइज्जती गरिएको व्यक्तिलाई निजको सामाजिक प्रतिष्ठा र इज्जत समेतलाई विचार गरी मुद्दा हेर्ने अधिकारीले कसूरदारबाट मनासिब माफिकको रकम क्षतिपूर्तिको रूपमा भराई दिनेछ र त्यस्तो व्यक्तिलाई कसूरदारबाट मुद्दामा लागेको खर्च समेत भराउनेछ । मरिसकेको कुनै व्यक्तिलाई बेइज्जती गरेको ठहरिएमा सो बेइज्जतीबाट भावनामा चोट लागेको निजको नजीकको हकवालालाई त्यस्तो क्षतिपूर्ति र खर्चको रकम दिइनेछ ।