कहीलेकाही नचिनेको नम्बरबाट फोन आउछ, अनि को हो किन गरेको भनेर राम्ररी कुरा गर्यो फेरी बारम्बार फोन आईराख्छ, नगर भन्दा मान्दै मान्दैनन । दिक्क लाग्छ मोबाईल नै अफ गरे मात्रै नत्र साह्रै सताउछ के गर्नु हैरान भईयो भन्दै बस्नुभएको छ ?
त्यस्तै कसैले तपाईलाई कल गर्दै बिभिन्न नानाथरी कुरा गरेर जिस्काउछ वा तपाईलाई धम्काउछ । तर तपाई के गर्ने भन्दै टाउकोमा हात लगाएर बस्नुभएको त छैन ? सानो कुरा फोनमा त जिस्केको के गर्नु वा कसलाई के भन्नु भन्दै तनाव सहेर त बस्नु भएको त छैन ?
त्यस्तै आज प्रहरीलाई खबर गर्यो भोली छाडीदीन्छ भनेर के खाली हल्ला गर्नु, यस्तै यस्तै सोच्नु हुन्छ भने अब केही राहात मिल्न सक्छ र तपाईले न्याय पाएको महसुस गर्नु हुनेछ, चुपचाप सहनु पर्ने छैन । अब कसैले कसैलाई हैरानी पार्ने खालको छलकपटपूर्ण टेलिफोन गर्न पाईनेछैन यो कुरा गोपनियता बिरुद्धको कसुर मानी कारवाही गर्ने कानुन आउने भएको छ ।
प्रस्तावित फौजदारी कसूर सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको दफा २९७ मा कसैले आप्mनो परिचय दिई वा नदिई कसैलाई छल्ने, धोखा दिने, हैरानी पार्ने वा सताउने उद्देश्यले छलकपटपूर्ण टेलिफोन गर्न र गराउने पाउने छैन भनी उल्लेख गरीएको छ ।
कसैले वेवास्ता गरी यस्तो छलकपट पुर्ण टेलिफोन गरेमा कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । त्यस्तै दफा २९८ मा कसैलाई हैरान पार्ने बदनियतले चिठ्ठी पत्र लेखन नहुने पनि उल्लेख गरीएको छ । कसैलाई डर, त्रास वा दुःख वा हैरानी दिने, अपमान गर्ने,बेइज्जत गर्ने नियतले कुनै चिठ्ठी पत्र, पर्चा वा अन्य कुनै किसिमको लिखत लेखी लेखाई वा विद्युतीय माध्यमद्वारा धम्की दिने, सताउने, जिस्क्याउने वा अन्य कुनै किसिमले अनुचित व्यवहार गर्न गराउनसमेत पाईने छैन ।
कसैले यस्तो बदनियतले चिठ्ठी लेखेमा यस्तो कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । साथै यस्ता कसुरबाट हुन गएको क्षति तथा हानीको क्षतिपुर्ति समेत भराईनेछ तर पिडित वा सम्बन्धीत कसैले उजुरी दीनु परेमा कसुर गरेको मितिले तिन महीना भित्र दीनु पर्नेछ अन्यथा उजुरी लाग्ने छैन ।
उल्लेखित प्रावधानहरु नेपालको ऐतिहाँसिकतालाई झल्काउने २०२० भाद्र १ गतेवाट लागु भएको मुलुकी ऐनलाई प्रतिस्थापित गर्दै ल्याउन लागिएको फौजदारी कसुर सम्वन्धी प्रचलित कानूनलाई संशोधन र एकिकरण गर्न वनेको विधेयकको संसदमा छलफलमा रहेको प्रस्तावित प्रावधान हो ।
धेरैवाट आवाज पनी उठेको छ ब्यवस्था र प्रावधान समय अनुकुल बनाए पनी हाम्रो ऐतिहाँसिकता वोकेको मुलुकी ऐनको नाम सो नै कायम हुन पर्छ भन्ने । त्यस्तै कसैले नयाँ आउन लागेका विधेयकहरु मुलुकी ऐन अपराध संहिता, मुलुकी ऐन देवानी संहिता र मुलुकी ऐन कार्यविधी संहिता भनेर नामाकरण गरे हुने मत पनी राखेका छन ।
उपरोक्त प्रावधान प्रस्तावित र संसदमा छलफलकै क्रममा रहेको हुदा उक्त प्रावधान र मुलुकी ऐनको नाम र यस्को प्रतिस्थापनको सवालमा पनी तपाईको सुझाव र प्रतिक्रिया महत्वपूर्ण हुन सक्छ । यसको लागि तपाईले प्रतिकृया र मत धारण राख्नसक्नु हुनेछ । हामी सम्बन्धीत निकायमा पुर्याउनेछौ ।