Jus Nepal
बिहिबार, माघ १०, २०८१ | January 23, 2025 |

गाई, गोरु कुटेमा तिन बर्ष सम्म कैद हुने

हाम्रो देश कृषीप्रधान देश हो । त्यस्तै पशुपालन पनि महत्वपुर्ण पेशा हो । गोरु र राँगा त खेत जोत्नमै प्रयोग हुने जनावर हुन । पाल्दै गरेका हाम्रा घरमा रहने गाईबस्तुहरु हामी आफुले भनेझै होस भन्ने चाहान्छौ तर पशु हुन कहीलेकाही गल्ती नै गर्छन र कहीले हाम्रो आशा गरे जति स्वार्थले पुर्णता पाउदैन । अनि हामी बेस्मारी कुटछौ । आफ्नो रिसको कारण गाई गोरु कुटीरहदा दया माया नै बिर्सीन्छौ र जे भेट्यो त्यसैले उनीहरुको पिडाको वास्तै नगरी जतासुकै हिकाई रहन्छौ ।

हाम्रो जिन्दगीको हरेक कार्यमा साहारा दीई रहने गाईबस्तु हाम्रै कारण कति घाईते बन्दछन भने कति दयनिय अबस्थामा मरुन्जेल छटपटाउदै बाँचीरहेका हुन्छन र कति पिटेरै मरेका पनि उदाहरण छन । तर अब नया कानूनले गाईगोरु कुटन या मार्न बन्धेज लगाउने तथा यस्तो गरेमा कडा कारवाही गर्ने प्रावधान राखेको छ । यो कानून लागु भएपछी कसैले गाई, गोरु मार्न वा कुट्न पाईनेछैन ।

कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्याउने नियतले कुनै काम गर्नु हुँदैन । जानीजानी पशु त हो के हुन्छ र भन्दै गाई, गोरु कुटनेले सजाएको भागिदार हुनु पर्नेछ । यदी कसैको यस्तो कामबाट कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्ष सम्म कैद हुनेछ । साथै कसैले गाई वा गोरुलाई कुटी अङ्गभङ्ग पारेमा निजलाई छ महिनासम्म कैद र अन्य चोट पुर्याएमा पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।

तर कसैले कुनै गाई वा गोरुले आफ्नो वा अरुको जीउ वा ज्यानमा पुर्याउन लागेको क्षति बचाउन आवश्यक परेको कुनै काम गर्दा त्यस्तो गाई वा गोरु मर्न गएमा वा त्यस्तो गाई वा गोरुलाई कुनै चोट पुग्न गएको रहेछ भने कसूर गरेको मानिने छैन ।

साथै अन्य चौपाया प्रति निर्दयी व्यवहार गरी कसैले कुनै चौपायालाई कुटी, हिकाई वा वोक्न सक्ने क्षमता भन्दा बढी भारी वोकाउने, सार्मथ्र्य भन्दा बढी दौडाउने, रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकोलाई काममा लगाई वा हानिकारक वस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रुर व्यवहार गर्न पनि रोक लगाउने छ ।

कसैले यस्तो कसूर गरेमा तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । त्यसैगरी कुनै चौपायालाई परम्परादेखि बली दिंदै आएको धार्मिक स्थल बाहेक अन्य कुनै पनि सार्वजनिक स्थलहरु बाटो, सडक, पुल, चौर वा मानिस आवत जावत गर्ने ठाउँमा काटन् तथा मार्न पाईने छैन । यस्तो गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

यस्तो कुनै पनि कसुर भएमा जो कसैले कसूर भएको मितिले वा कसूर भएको कुरा थाहा पाएको मितिले तीन महिना भित्र उजुरी दिनु पर्नेछ अन्यथा उजुर लाग्ने छैन । उल्लेखित प्रावधानहरु नेपालको ऐतिहाँसिकतालाई झल्काउने २०२० भाद्र १ गतेवाट लागु भएको मुलुकी ऐनलाई प्रतिस्थापित गर्दै ल्याउन लागिएको फौजदारी कसुर सम्वन्धी प्रचलित कानूनलाई संशोधन र एकिकरण गर्न वनेको विधेयकको संसदमा छलफलमा रहेको प्रस्तावित प्रावधान हो ।

धेरैबट आवाज पनी उठेको छ ब्यवस्था र प्रावधान समय अनुकुल वनाए पनी हाम्रो ऐतिहाँसिकता बोकेको मुलुकी ऐनको नाम सो नै कायम हुन पर्छ भन्ने । त्यस्तै कसैले नयाँ आउन लागेका विधेयकहरु मुलुकी ऐन अपराध संहिता, मुलुकी ऐन देवानी संहिता र मुलुकी ऐन कार्यविधी संहिता भनेर नामाकरण गरे हुने मत पनी राखेका छन ।

उपरोक्त प्रावधान प्रस्तावित र संसदमा छलफलकै क्रममा रहेको हुदा उक्त प्रवधान र मुलुकी ऐनको नाम र यस्को प्रतिस्थापनको सवालमा पनी तपाईको सुझाव र प्रतिक्रिया महत्वपूर्ण हुन सक्छ । यसको लागि तपाईले प्रतिकृया र मत धारण राख्नसक्नु हुनेछ । हामी सम्बन्धीत निकायमा पुर्याउनेछौ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri