Jus Nepal
बिहिबार, माघ १०, २०८१ | January 23, 2025 |

रुपैयाँ पैसाको गलत प्रयोग गर्दैहुनुहुन्छ ? होसियार !

Law of money in nepalकतिपय कुराहरु हामी वास्तै गर्दैनौ कि गरीरहेको काम गर्दा के हुन्छ, तर जब समस्या आईलाग्छ तब सोच्छौ ला गलत गरीएछ । त्यस्तै कतिपय कामहरु यस्ता पनि छन जुन हामीलाई लाग्दैन की त्यसो गर्नु कुनै अपराध हो तर गरी सकेपछी कानुनले समाउछ र थाहा नै नपाई आफुले गरेको सामान्य कार्य अपराध हुन्छ कानुन बिपरीत हुन्छ र सजाय भाग्नु पर्दछ ।

त्यस्तै कानुनको त्यति जानकारी पनि राख्ने बानी हाम्रो छैन साथै सम्बन्धीत निकायले कानून सम्बन्धी ज्ञान त्यति मेहनत गरेको पाईदैन तर एउटा जान्नै पर्ने कुरा के हो भने कानुनले कानून  जानेको बुझको थिएन भनेर क्षमा वा छुट दिदैन ।

एउटा सामान्य लाग्ने कुरा, हामी सामान्य रिसमा वा हेलचेक्रेयाई वा लापरवाहीले रुपैयाँ तथा सिक्काहरु काम नलाग्ने गरी च्याती दिन्छौ, बिगारी दिन्छौ । झन कतिपय धातुका सिक्काहरु त बिभिन्न सौन्दर्यको सामाग्री औठी, बाला तथा रीङ आदी बनाई प्रयोग गर्छौ, रुपैयाँ पैसा थियो भन्ने कुराको नाम निशाना नै रहेको हुदैन ।

बिचार गर्नुस मेरो पैसा च्यात्दा के हुन्छर भन्दै रुपैयाँ पैसा कामै नलाग्ने गरी च्यात्नु भो या नस्ट गर्नु भो भने जेलको बसाई पनि हुन सक्छ । तपाईलाई थाहा छ यसरी रुपैया पैसा तथा सिक्काहरु काम नै नलाग्ने गरी च्यात्नु जलाउनु वा गलाउनु अपराध हो ।

चेतना होस की नोट वा सिक्का जलाउन वा गाल्न पाईने छैन । तर अधिकार प्राप्त अधिकारीको आदेश मा यस्तो कार्य गरीएको भएमा अपराध मानिदैन । तपाई हामीले गर्ने र पैसा च्यात्ने र बिगार्ने काम त पक्कै अपराध नै हो । प्रस्तावित फौजदारी कसूर सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक को दफा २५९ मा प्रस्ट लेखीएको छ की कसैले ग्राह्य भएको बैंक नोट वा सिक्कालाई जलाउन वा त्यसलाई काम नलाग्ने गरी गाल्न वा च्याँत्न हुँदैन ।

यो कानुनलाई वेवास्ता गरी वा भुल वा लापरवाहीबस कसूर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिबाना हुनेछ । साथै कसूर गर्न प्रयोग भएको मुद्रा, औजार, उपकरण वा यन्त्र र सोसँग सम्बन्धित सामग्री जफत हुनेछ ।

यस प्रावधान बिपरीत कसैले गरेको थाहा पाएको वा देखेको जो कसैले त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले एक वर्ष उजुरी दिन  पाउनेछ र अन्यथा उजुर लाग्ने छैन ।

उल्लेखित प्रावधानहरु नेपालको ऐतिहाँसिकतालाई झल्काउने २०२० भाद्र १ गतेवाट लागु भएको मुलुकी ऐनलाई प्रतिस्थापित गर्दै ल्याउन लागिएको फौजदारी कसुर सम्वन्धी प्रचलित कानूनलाई संशोधन र एकिकरण गर्न वनेको विधेयकको संसदमा छलफलमा रहेको प्रस्तावित प्रावधान हो ।

धेरैवाट आवाज पनी उठेको छ ब्यवस्था र प्रावधान समय अनुकुल वनाए पनी हाम्रो ऐतिहाँसिकता वोकेको मुलुकी ऐनको नाम सो नै कायम हुन पर्छ भन्ने । त्यस्तै कसैले नयाँ आउन लागेका विधेयकहरु मुलुकी ऐन अपराध संहिता, मुलुकी ऐन देवानी संहिता र मुलुकी ऐन कार्यविधी संहिता भनेर नामाकरण गरे हुने मत पनी राखेका छन ।

उपरोक्त प्रावधान प्रस्तावित र संसदमा छलफलकै क्रममा रहेको हुदा उक्त प्रवधान र मुलुकी ऐनको नाम र यस्को प्रतिस्थापनको सवालमा पनी तपाईको सुझाव र प्रतिक्रिया महत्वपूर्ण हुन सक्छ । यसको लागि तपाईले प्रतिकृया र मत धारण राख्नसक्नु हुनेछ । हामी सम्बन्धीत निकायमा पुर्याउनेछौ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri