Jus Nepal
शुक्रबार, माघ ११, २०८१ | January 24, 2025 |

नेपालको अधिकांस एटिम सेवा असुरक्षीत, पिन चोरी गरी पैसा चोर्ने विदेशी पक्राउ

काठमाण्डौं— अर्काको पिन सहितको एटिम चोरी गरी पैसा चोरी गर्ने एक बिदेशी रोमानियाली नागरिक पक्राउ परेकाछन । उनले हिमालयन र नबिल बैंकबाट पैसा झिक्ने गरेका थिए ।

रोमानियन नागरिक प्रेडा एयुरेलियनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पक्राउ गरेको हो। अन्य व्यक्तिको पिन सहितको एटिम चोरी गरेर दरबारमार्ग, ठमेल, लाजिम्पाटबाट उनले पैसा निकाल्दै आएका थिए।

साउन १७ गते लाजिम्पाटको एटिम बुथमा प्रवेश गरेका उनको सिसिटिभी फुटेजको हुलियाका आधारमा शंकर होटल प्रवेश गर्ने क्रममा सिआइबी टोलीले उनलाई पक्राउ गरेको हो। ४९ वर्षीय प्रेडा बस्ने होटलको कोठामा खानतलासी गर्दा प्रहरीले २ लाख ६४ हजार नेपाली रुपैयाँ, ल्यापटप एक थान, मोबाइल २ थान, गिफ्ट कार्ड, पासपोर्ट तथा आइडी कार्ड बरामद गरेको छ।

नेपालका अधिकांश एटिम म्याग्नेटिक स्ट्राइप सिस्टमका छन्। चिप आधारित एटिमले पुरानो प्रविधि आधारित एटिमलाई प्रतिस्थापन गरिसकेको छैन। पुरानो प्रविधिआधारित एटिमबाट अनधिकृत रुपमा पैसा निकाल्ने खतरा रहेको केन्द्रीय अनुसन्धान ब्युरोको निष्कर्ष छ। पक्राउ विदेशी नागरिकलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अनुसार अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ।

उक्त ऐनको दफा ५ अनुसार अनधिकृत रुपमा अन्य व्यक्तिको खाताबाट रकम निकाल्न, अन्य व्यक्तिको चेक चोरी गरी वा अन्य कुनै तरिकाले प्राप्त गरी त्यस्तो चेकबाट रकम निकाल्न,अनधिकृत रुपमा ग्राहकको खाताबाट रकम रकमान्तर गर्न वा नगद भुक्तानी दिन, कुनै पनि किसिमको नक्कली वा अन्य व्यक्तिको विनिमेय अधिकारपत्र, चेक, ड्राफ्ट वा यस्तै प्रकारका अन्य साधनहरु अनधिकृत रुपमा प्राप्त गरी नगद लिन वा भुक्तानी दिन पाईदैन भन्ने उल्लेख छ ।

त्यस्तै दफा ६ मा विद्युतीय माध्यमको दुरुप विद्युतीय माध्यमको दुरुप विद्युतीय माध्यमको दुरुपयोग वा अनधिकृत प्रयोग वा अनधिकृत प्रयोग वा अनधिकृत प्रयोग गरी भुक्तानी लिन वा दिन नहुने गरी भुक्तानी लिन वा दिन नहुने साथै कसैले पनि क्रेडिट कार्ड, डेबिट कार्ड, अटोमेटेड टेलर मेशिन (एटीएम) कार्ड वा अन्य विद्युतीय माध्यमको दुरुपयोग वा अनधिकृत प्रयोग गरी भुक्तानी लिन वा दिन हुँदैन भनी उल्लेख गरिएको छ ।

यस्ता बैकिङ अपराध गर्नेलाई दफा १५ मा कसुरको मात्रा हेरी बिगो जरिवाना र कैद सजाय हुने ब्यबस्थ छ ।जसमा दश लाख रुपैयाँसम्म बिगो भएमा एक वर्षसम्म कैद, दश लाख रुपैयाँभन्दा बढी पचास लाख
रुपैयाँसम्म बिगो भएमा एक वर्षदेखि दुई वर्षसम्म कैद, पचास लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्म बिगो भएमा दुई वर्षदेखि तीन वर्षसम्म कैद र एक करोड रुपैयाँभन्दा बढी जतिसुकै बिगो भए पनि तीन वर्षदेखि पाँच वर्षसम्म कैद हुन्छ ।

तर बिगो जफत गरी बिगो कायम गर्न नसकिने अवस्था भएकोमा कसूरको मात्रा अनुसार दश लाख रुपैयाँसम्म जरिबाना र दुई वर्षसम्म कैद हुन्छ । त्यस्तै बैङ्किङ्ग कसूर गर्न उद्योग गर्ने व्यक्ति वा संस्था वा त्यस्तो कसूर गर्न अप्रत्यक्ष रुपमा संलग्न व्यक्ति वा संस्था वा त्यस्तो कसूर गर्न सघाउ पु¥याउने व्यक्ति वा कसूर गर्न सघाउ पु¥याउने संस्थाको कर्मचारी वा प्रमुख कार्यकारी पदाधिकारी वा पदाधिकारीलाई कसूरदारलाई हुने सजायको आधा सजाय हुन्छ ।

रोमानियन नागरिक प्रेडा एयुरेलियन र चोरी गर्ने तरिका

सन् २०१५ देखि तीन पटक नेपाल आएका उनी पछिल्लो २ महिनादेखि शंकर होटलमा बस्दै आएका थिए। हिमालयन र नबिल बैंकको एटिम बुथबाट झिकेको रकम मनि चेञ्जरहरुबाट युरो र अमेरिकी डलरमा परिवर्तन गर्दै आएको अनुसन्धानबाट खुलेको छ। इन्डोनेसिया, थाइल्यान्ड, बोलिभिया, पपुवा न्यु गिनी लगायतका देशहरुमा पनि उनले एटिमबाट रकम ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।

एटिमबाट पैसा निकाल्न उनले समूह परिचालन गरी योजनाबद्ध रुपमा काम गर्दै आएका थिए। पहिलो समूहले विभिन्न देशका एटिम मेसिनभित्र एक्स्टर्नल डिभाइस सेट गरी एटिम कार्ड प्रयोगकर्ताको सम्पूर्ण विवरण कपी गर्ने तथा एटिम बुथभित्रै हिडन क्यामेरा सेट गरेर पिन कोड लिने काम गर्दै आएका थिए। यसरी लिएको सूचना दोस्रो समूहका सदस्यलाई दिने र दोस्रो समूहले गिफ्ट कार्ड तथा स्वापिङ डिभाइसबाट कार्ड प्रयोगकर्ताको सूचना राखी एटम कार्ड बनाउँदै आएका थिए।

एटिम सुरक्षा कमजोर भएका देशहरुमा गई उक्त कार्डमार्फत् रकम झिक्ने उनीहरुको रणनीति रहँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। जुन देशमा यस्ता एटिमबाट रकम निकाल्न सकिन्छ पहिलो समूहले सो देशका अन्य एटिम प्रयोगकर्ताको सूचना फेरि दोस्रो समूहलाई पठाउने गरेको देखिएको छ। यसरी काम गर्दा रकम निकाल्ने पहिलो समूहले ७० र दोस्रो समूहले ३० प्रतिशत हिस्सा बाँडफाँड गर्दै आएको प्रहरी अनुसन्धानले देखाएको छ।

नेपालका अधिकांश एटिएम म्याग्नेटिक स्ट्राइप सिस्टमका छन्। चिप आधारित एटिमले पुरानो प्रविधि आधारित एटिमलाई प्रतिस्थापन गरिसकेको छैन। पुरानो प्रविधिआधारित एटिमबाट अनधिकृत रुपमा पैसा निकाल्ने खतरा रहेको केन्द्रीय अनुसन्धान ब्युरोको निष्कर्ष छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri