अधिवक्ता सिताशरण मण्डल : हामी मुद्दा दर्ता गर्न अदालत परिशरमा छिर्छाै तर हामीलाई केही थाहा हुँदैन । हामी अदालत भित्र कहाँ कसरी दर्ता गर्ने कसलाई सोध्ने कुराहरुमा हामी अलमलमा पर्छाैं । हामीले अनेकौं मानिसहरुलाई सोध्नु पर्ने हुन्छ । कसैले भन्छ थाहा छैन, थाहाभएको व्यक्तीले केही भन्न चाहन्दैन त्यस्तो अवस्थामा तपाई हामी यो—यो ठाउँमा अदालत भित्रको फाँटमा जानु पर्छ ।
1. काठमाडौं जिल्ला अदालत भित्र हामी फिराद लिएर जाँदा पहिला मुद्दा दर्ता फाँटमा जानु पर्छ । आफु सँग भएको प्रमाण कागजहरु लगाएत नागरिकता फोटोकपि समेत लिएर दर्ता फाँटमा जानु पर्छ । दर्ता फाँटवालाले रित पूर्वकको फिराद छ भने फिराद पत्रको पहिलो पानामा लाग्ने दस्तुरहरु उल्लेख गरेर लगत भिडाउन र रसिद कटाएर ल्याउनु भन्छ । काठमाडौं जिल्ला अदालत बाहिरको अदालतमा श्रेस्तेदारलाई उक्त फिराद पत्र देखाउनु पर्छ । श्रेस्तेदारले सबै दस्तुर उल्लेख गरेर लगत भिडाउनु र दर्ता गराउनु भन्छ ।
2. त्यस पछि हामी लगत फाँटमा जान्छौ लगत भन्नाले अदालतबाट लागेको दण्ड, कैद, जरीवाना, लागेको छ छैन, छ भने बुझाएको छ, छैन हेर्ने हो लगत छैन भने सोही कुरा जनाएर लगत फाँटवालाले सहि गरेर कागज दिन्छ ।
3. सो कार्य पछि हामी नगद बुझाउने ठाउँमा फिराद पत्र लागएतको काजगहरु दिन्छौं नगद बुझ्ने कर्मचारीले फिरादमा उल्लेख गरेको रकम बराबरको रसिद काटेर दिन्छ सो उपरान्त उक्त रसिद र फिराद पत्र लगाएतको कागजहरु मुद्दा दर्ता फाँटमा पुनः दिनु पर्छ । त्यसपछि दर्ताफाँटवालाले फाइलिङ्ग गरेर मुद्दाको नम्मर मुद्दा दयरीमा चढाउँछ र फाइल माथि मुद्दा नम्मर उल्लेख गरेर तारिख भरपाईमा फलानो मितिमा हाजिर हुन आउँछु भनि फाइल भित्र तारिख भरपाइमा सहि गराउँछ साथै मुद्दा दायरीमा समेत सहि गर्नु पर्छ, गराउँछ । त्यस पछि तपाईलाई मुद्दा नंं, मुद्दाको नाम, विपक्षीको नाम समेत उल्लेख गरेर तारिक पर्चा दिन्छ । त्यो तारिख पर्चामा जुन दिनको तारिख फाइलमा तोकेको हुन्छ सोही मिति तोकेर तारिख पर्चामा तोकेर दिन्छ । सो तारिक पर्चा लिईसकेपछि त्यो दिनको मुद्दा दर्ता गर्ने प्रकृया पुरा हुन्छ ।
4. अर्को दिन पुनः त्यही ठाउँमा जानु होला, जुन ठाउँमा मुदा दर्ता गर्नु भएको थियो सो फाँटवालालाई तारिख पर्चा देखाउनु होला । तत्पश्चात यति नंं फाँटमा जानु अथावा फाँटवालाको नाम भनेर फालाना फाँटमा जानु भनेपछि त्यति नं. फाँटमा वा सो फाँटवालाकहाँ जानु होला । सो ठाउँमा जाँदा तारिख पर्चा देखाउनु होला । सो फाँटवालाले तारिख पर्चामा उल्लेख भएको नं. अनुसारको फाइल निकालेर हेर्छ, यदि प्रतिउत्तर पत्र लगाई सकेको छ भने सकभर दुबै जनालई सँगै राखेर पेशी तारिख दिन्छ यदि प्रतिउत्तर पत्र लगाएको छैन वा म्याद तामेल भएर आएको छैन वा म्याद तामेल भएको तर प्रतिउत्तर पत्र लगाउन समय बाँकी छ भने सोही अनुसार पुनः साधारण तारिख दिन्छ । यो प्रकृया शुरुमा मुद्दा दर्ता गर्ने वादीले गर्नु पर्ने हो ।
5. तपाई हामी माथी कसैले मुद्दा दायर गरेको छ भने अदालत बाट तपाईको नाउँमा प्राय गरेर ३० दिने सुचना म्याद गरेको कागज साथै विपक्षीले मुद्दा दायर गरेको फिराद पत्रको नक्कल अदालतको कर्मचारीले तपाईको घर दैलोमा लिएर आउँछ, सो लिएर आएपछि तपाईले उक्त म्याद बुझ्नु पर्ने हुन्छ, मैले आफैले साक्षिहरुको रोहवरमा बुझेरको छु भनि सहि गर्नु पर्छ । सो सहि गरेपछि तपाईले ३० दिन भित्रमा आफनो कानून व्यवसायी सँग सल्लाह गरेर, लेख पढ गरेर अदालतमा प्रतिउत्तर दिनु पर्छ, यदि ३० दिन भित्रमा दिन सक्नु भएन भने पुनः ३० दिनको म्याद थम्याएर प्रतिउत्तर पत्र दर्ता गराउन पाउनु हुन्छ ।
6. तपाईले सर्वप्रथम अदालतबाट आएको म्याद र सो अनुसार तयार पारेको प्रतिउत्तर पत्र, कागज लिएर म्याद कागजमा उल्लेख भएको फाँट नंं वा फाँटवालाको नाम उल्लेख भएको छ भने सो सोही फाँटमा जानु होला, फाँटवालाले उक्त म्याद र सो अनुसारको सबै कागज लिएपछि रित पूर्वकको प्रतिउत्तर पत्र छ छैन छ भने प्रतिउत्तर दस्तुर रु. ५० यदि म्याद थमाएर जानु भएको छ भने निवेदन दस्तुर समेत रु. १० थप गरी रु. ६० लाग्ने दस्तुर उल्लेख गरेर लगत भिडाएर, रसिद कटाएर ल्याउनु भन्छ, त्यसपछि लगत फाँटमा गएर लगत भिडाउने काम गर्नु होला, लगत भिडाइसकेपछि नगदि रसिद कटाउनु होला रसिद कटाएर पुनः सोही फाँटमा आएर सबै कागजहरु दिनु होला । फाँटवालाले सम्बन्धित फाइलमा सबै कागजहरु राखेर जुन दिनको तारिख बादीलाई दिएको हुन्छ सोही दिनको तारिक तोकेर तपाईलाई फाइलमा सहि गराएर एउटा तारिख पर्चा दिन्छ । उक्त दिनको प्रतिउत्तर दर्ता गर्ने प्रकृया पुरा हुन्छ ।
7. त्यसपछि अर्काे तारिखमा मुद्दा पेशीमा फाँटवालाले चढाउँछ । पेशी भन्नाले न्यायधिस समक्ष मिसिल पेश हुने दिन हो । पहिलो पेशीमा प्राय गरेर साक्षी प्रमाण लगाएत बुझ्ने आदेश हुन्छ । त्यो दिनमा खासै बहस गर्नु पर्दैन तर कानून व्यवसायीलाई तपाईले जानकारी गरेको हुनुपर्छ कानून की आज पहिलो पेशी हो ।
8. साक्षी प्रमाण बुझ्ने कार्य पूरा भई सकेपछि पुनः मुद्दा फाइनल पेशीको लागि फाँटवालाले चढाउँछ । सो पेशीका दिन दुबै पक्षको कानून व्यवसायीले आ–आफ्नो पक्षको तर्फबाट बहस जिकीर गर्छ अनि न्यायधिसले दुबै पक्षको बहस सुनेर फैसला सुनाउँछ सो फैसला अन्तिम पैmसला हुँदैन । सो फैसला माथि चित्त नबुभm्ने पक्षले पुनः त्यो पैसला माथि माथिल्लो अदालतमा अर्थात पुनरावेदन अदालतमा पुनराबेदन पत्र दर्ता गर्न पाउँछ । सो पुनरावेदन अदालतले पनि जिल्ला अदालतको फैसला सदर वा उल्टी गर्छ भने चित्त नबुझ्ने पक्षले सर्वाेच्च अदालतमा मुद्दा गर्न पाउँछ ।
9. यो प्रकृया दुनियाँबादी, देवानी, फौजदारी मुद्दामा लागु हुने समान्य प्रकृया हो । सरकारवादी मुद्दामा अलि फरक प्रकृया हुन्छ । जुन पछिको मसिनो कार्यविधिमा उल्लेख गरिने छ ।